2026-10-17 09:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह

2026-09-16

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिमा रहेका बेला सरकार गैरजिम्मेवार बनेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले एकातर्फ देश विपत्तिको मारमा पिल्सिरहेको छ भने अर्कोतर्फ बजार उद्दण्ड हुँदा समेत सरकार मौन रहेको टिप्पणी गरे। उनले आफ्नो सरकारको पालामा महँगीले अग्रगामी छलाङ मारेको भन्दै सरकारको तीखो आलोचना गरे। ‘प्याज, चिनी, चामल र तेलजस्ता अत्यावश्यक चिजको भाउ अकासिएको छ। चिल्ला गाडी चढ्नेहरूलाई यसको केही फरक पर्दैन, तर सामान्य जनताको ढाड सेकिइसकेको छ,’ उनले भने।

सांसद प्रसाईंले नवनियुक्त उद्योग मन्त्रीलाई शुभकामना दिँदै उनको भूमिका कस्तो हुन्छ भनी प्रश्न गरे। ‘नयाँ मन्त्रीज्यूको भूमिका यस पटक नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो नहोस्। यो कालोबजारी नियन्त्रण गर्न साचिक्कै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस्,’ उनले भने। उनले उपत्यकाको सार्वजनिक यातायातको दयनीय अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराए । उनले सवारी साधनहरूमा भेडा–बाख्रा कोचेजस्तै क्षमताभन्दा बढी मान्छे कोचेर ओसार्ने गरिएको उल्लेख गर्दै यसले सर्वसाधारणलाई दैनिक जीवनमा सास्ती थपेको बताए।

उनले गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई प्रश्न गरे, ‘के राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र ? सरकारको यो मौनता र अक्षमताले देशको अस्तित्व र उपस्थितिलाई गम्भीर प्रश्न उठाइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु