2026-09-16 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह

2026-09-16

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिमा रहेका बेला सरकार गैरजिम्मेवार बनेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले एकातर्फ देश विपत्तिको मारमा पिल्सिरहेको छ भने अर्कोतर्फ बजार उद्दण्ड हुँदा समेत सरकार मौन रहेको टिप्पणी गरे। उनले आफ्नो सरकारको पालामा महँगीले अग्रगामी छलाङ मारेको भन्दै सरकारको तीखो आलोचना गरे। ‘प्याज, चिनी, चामल र तेलजस्ता अत्यावश्यक चिजको भाउ अकासिएको छ। चिल्ला गाडी चढ्नेहरूलाई यसको केही फरक पर्दैन, तर सामान्य जनताको ढाड सेकिइसकेको छ,’ उनले भने।

सांसद प्रसाईंले नवनियुक्त उद्योग मन्त्रीलाई शुभकामना दिँदै उनको भूमिका कस्तो हुन्छ भनी प्रश्न गरे। ‘नयाँ मन्त्रीज्यूको भूमिका यस पटक नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो नहोस्। यो कालोबजारी नियन्त्रण गर्न साचिक्कै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस्,’ उनले भने। उनले उपत्यकाको सार्वजनिक यातायातको दयनीय अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराए । उनले सवारी साधनहरूमा भेडा–बाख्रा कोचेजस्तै क्षमताभन्दा बढी मान्छे कोचेर ओसार्ने गरिएको उल्लेख गर्दै यसले सर्वसाधारणलाई दैनिक जीवनमा सास्ती थपेको बताए।

उनले गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई प्रश्न गरे, ‘के राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र ? सरकारको यो मौनता र अक्षमताले देशको अस्तित्व र उपस्थितिलाई गम्भीर प्रश्न उठाइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग