2026-10-17 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल

2026-09-17

काठमाडौँ | नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा भइरहेको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै चर्को आलोचना गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनता भोक भोकै पर्दा सरकार र जिम्मेवार निकाय बेखबर बनेको भन्दै आक्रोश व्यक्त गरिन् । ‘सरकारलाई जनताको अवस्थाबारे ध्यान छ कि छैन ? जनता भोकमरीमा पर्न थाले,’ सांसद बरालले प्रश्न गरिन्, ‘के हिजोको सरकारले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो ? आजको सरकारले जनतालाई भोकै मारेर मार्न थालेको हो ?’

सांसद बरालले जनताले ग्यास नपाउनुको कारण, बजारमा मूल्यवृद्धि हुनुको औचित्य र जनता भोकमा रहनुको जवाफ सरकारसँग माग गरिन् । उनले नैतिकताको कुरा गर्ने सरकारको काम गराइमाथि नै प्रश्न उठाउँदै भनिन्, ‘हिजोको सरकारको नैतिकता खोज्नेहरू आज किन चुप छन् ? नैतिकता भनेको जनता मर्नु हो ’सांसद बरालले सभामुख डोलप्रसाद अर्याललाई सरकारलाई निर्देशन दिन आग्रह गरिन् । ‘जनताका समस्या किन समाधान हुँदैनन् ? ग्यासको समस्या किन छ ? यो कुराको तत्काल जानकारी पाउनुपर्छ । सम्मानित सदनमार्फत म सरकारलाई निर्देशन दिन माग गर्दछु,’ उनले भनिन् ।

नागरिकहरू दिनप्रतिदिन निराश र पीडित हुँदै गइरहेको उल्लेख गर्दै सांसद बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई गम्भीर बन्न र तत्काल ग्यास तथा आधारभूत राहत सामग्री जनतासम्म पुर्‍याउन ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु