2026-09-18 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल

2026-09-17

काठमाडौँ | नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा भइरहेको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै चर्को आलोचना गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनता भोक भोकै पर्दा सरकार र जिम्मेवार निकाय बेखबर बनेको भन्दै आक्रोश व्यक्त गरिन् । ‘सरकारलाई जनताको अवस्थाबारे ध्यान छ कि छैन ? जनता भोकमरीमा पर्न थाले,’ सांसद बरालले प्रश्न गरिन्, ‘के हिजोको सरकारले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो ? आजको सरकारले जनतालाई भोकै मारेर मार्न थालेको हो ?’

सांसद बरालले जनताले ग्यास नपाउनुको कारण, बजारमा मूल्यवृद्धि हुनुको औचित्य र जनता भोकमा रहनुको जवाफ सरकारसँग माग गरिन् । उनले नैतिकताको कुरा गर्ने सरकारको काम गराइमाथि नै प्रश्न उठाउँदै भनिन्, ‘हिजोको सरकारको नैतिकता खोज्नेहरू आज किन चुप छन् ? नैतिकता भनेको जनता मर्नु हो ’सांसद बरालले सभामुख डोलप्रसाद अर्याललाई सरकारलाई निर्देशन दिन आग्रह गरिन् । ‘जनताका समस्या किन समाधान हुँदैनन् ? ग्यासको समस्या किन छ ? यो कुराको तत्काल जानकारी पाउनुपर्छ । सम्मानित सदनमार्फत म सरकारलाई निर्देशन दिन माग गर्दछु,’ उनले भनिन् ।

नागरिकहरू दिनप्रतिदिन निराश र पीडित हुँदै गइरहेको उल्लेख गर्दै सांसद बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई गम्भीर बन्न र तत्काल ग्यास तथा आधारभूत राहत सामग्री जनतासम्म पुर्‍याउन ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया