2026-10-17 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग

2026-09-17

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग राखेका हुन् ।

‘मलाई त्रिशूलीबाट नातेदारहरूले फोन गरेर हाम्रो परिवारको लास यही घरभित्र छ । हामीलाई तुरुन्तै उत्खनन गरिदिनुपर्यो भन्ने मागहरू धेरै आएको छ,’ सांसद श्रेष्ठले भने । अहिले सर्च एन्ड रेक्युका कामहरू चलिरहेको तर अहिले घटेको भन्दै उनले अब केही नीति परिवर्तन गर्नुपर्ने सुझाए । नीजि घरहरूको उत्खनन गर्नुपर्ने, सार्वजनिक भवन विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवनहरू उत्खनन गर्नुपर्ने, पुरातात्विक भवनहरू मठ मन्दिरको, धार्मिक स्थलहरूको उत्खनन गर्नुपर्ने, वित्तीय संस्थाहरूको भवनको उत्खनन गर्नुपर्ने देखिएको उनले बताए ।

उनले भनेका छन, ‘यो काम गर्नका लागि गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अलग्यै एउटा कम्प्रिहेन्सिभ प्लान बनाएर यो सबै क्षेत्रको उत्खनन् सबै जिल्लाहरूमा एकै चोटी सञ्चालन गर्न म माग गर्दछु ।’ यो विषयमा सरकार र निजी क्षेत्रकाो समेत सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु