2026-09-17 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया

2026-09-17

काठमाडौँ | नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले धादिङलगायतका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले देखाएको चरम ढिलासुस्तीप्रति असन्तुष्टि जनाएकी छन् । प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा विशेष समय लिएर बोल्दै थपलियाले विकास निर्माण र नागरिकको जीवन रक्षामा सरकार गैरजिम्मेवार बनेको आरोप लगाइन् ।

भोटेकोशीको बाढीले त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगाएको २३ दिन भइसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माणमा चासो नदिएको उनले बताइन् ।‘मैले बारम्बार यस सदनमार्फत ध्यानाकर्षण गराउँदा पनि सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ,’ उनले भनिन्, ‘के नेपालको नक्साबाट धादिङ जिल्ला हटेको हो ? धादिङका नागरिकहरूले आज आफैँलाई यो प्रश्न गर्न थालेका छन्।’

सांसद थपलियाले धादिङ, रसुवा र नुवाकोटका बाढीपीडित व्यवसायी तथा नागरिकको बैंक ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नभएसम्मका लागि मिनाहा गर्न सरकारसँग माग गरिन् । त्यस्तै, कृष्णभीरको पहिरोलाई दीर्घकालीन रूपमा समाधान गर्न मलेखु–ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न पनि उनले आग्रह गरिन् । सडकमा बच्चा जन्माउन बाध्य हुनुपरेको पछिल्लो दुखद घटनालाई लिएर उनले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई प्रश्न गरिन् । ‘मधेसको छोरो प्रधानमन्त्री हुँदा मधेसकै छोरी(बुहारीको अवस्था यही हो तरु अस्पतालले उपचारअघि पैसा खोज्ने कि उपचार ? यसको जवाफ म प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग चाहन्छु,’ उनले भनिन् ।

सांसद थपलियाले नयाँ दलहरूले पुराना दललाई गाली गरेर मात्र राजनीतिक संस्कार स्थापित नहुने बताइन् । ‘अरूलाई प्रश्न गर्दा बडो आनन्द मान्नुहुन्छ, तर तपाईंहरूलाई प्रश्न गर्दा प्रतिशोध ठान्नुहुन्छ ? यो कस्तो संस्कार हो ?’ उनले प्रश्न गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा