2026-10-16 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया

2026-09-17

काठमाडौँ | नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले धादिङलगायतका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले देखाएको चरम ढिलासुस्तीप्रति असन्तुष्टि जनाएकी छन् । प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा विशेष समय लिएर बोल्दै थपलियाले विकास निर्माण र नागरिकको जीवन रक्षामा सरकार गैरजिम्मेवार बनेको आरोप लगाइन् ।

भोटेकोशीको बाढीले त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगाएको २३ दिन भइसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माणमा चासो नदिएको उनले बताइन् ।‘मैले बारम्बार यस सदनमार्फत ध्यानाकर्षण गराउँदा पनि सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ,’ उनले भनिन्, ‘के नेपालको नक्साबाट धादिङ जिल्ला हटेको हो ? धादिङका नागरिकहरूले आज आफैँलाई यो प्रश्न गर्न थालेका छन्।’

सांसद थपलियाले धादिङ, रसुवा र नुवाकोटका बाढीपीडित व्यवसायी तथा नागरिकको बैंक ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नभएसम्मका लागि मिनाहा गर्न सरकारसँग माग गरिन् । त्यस्तै, कृष्णभीरको पहिरोलाई दीर्घकालीन रूपमा समाधान गर्न मलेखु–ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न पनि उनले आग्रह गरिन् । सडकमा बच्चा जन्माउन बाध्य हुनुपरेको पछिल्लो दुखद घटनालाई लिएर उनले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई प्रश्न गरिन् । ‘मधेसको छोरो प्रधानमन्त्री हुँदा मधेसकै छोरी(बुहारीको अवस्था यही हो तरु अस्पतालले उपचारअघि पैसा खोज्ने कि उपचार ? यसको जवाफ म प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग चाहन्छु,’ उनले भनिन् ।

सांसद थपलियाले नयाँ दलहरूले पुराना दललाई गाली गरेर मात्र राजनीतिक संस्कार स्थापित नहुने बताइन् । ‘अरूलाई प्रश्न गर्दा बडो आनन्द मान्नुहुन्छ, तर तपाईंहरूलाई प्रश्न गर्दा प्रतिशोध ठान्नुहुन्छ ? यो कस्तो संस्कार हो ?’ उनले प्रश्न गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु