
काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान नपाइने भएको छ । सोमबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंगलबारदेखि बैठकमा मोबाइल ल्याउन नपाइने जानकारी गराएका हुन् ।
सोमबार बैठकमा अध्यक्ष ओलीले मंगलबारबाट बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएका हुन् । बैठकमा एक सदस्यलाई तीन मिनेट बोल्न समय दिइने जानकारी गराउँदै अध्यक्ष ओलीले आफ्ना कुरा पूरा नभए लिखित रुपमा पेस गर्न सकिने बताएका छन् ।
प्रतिवेदनकेन्द्रित भएर नेताहरुलाई आफ्नो धारणा राख्न निर्देशन दिएका अध्यक्ष ओलीले छलफलका क्रममा सदस्यहरुले मोबाइल लिएर भिडिओ खिच्न र रेकर्ड गर्न वा लाइभ गर्न पनि नपाइने जानकारी गराएका हुन् ।