2026-09-21 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही

2026-09-21

काठमाडौँ | प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले हालै सरकारले विभिन्न १३ देशका लागि राजदूतको नाम सिफारिस गर्दा आफैंले बनाएको मापदण्ड मिचेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजदूत नियुक्तिका लागि आफैंले बनाएको मापदण्ड मिचेर सरकारले नाम सफारिस गरेको बताएका हुन् ।

परराष्ट्र मन्त्रालयले बनाएको मापदण्डको १० नम्बर र १४ नम्बर बुँदालाई उद्धृत गर्दै उनले विदेशी संघसंस्थामा काम गरेका व्यक्तिहरू राजदूत नियुक्ति हुनका लागि कम्तिमा १० वर्ष जागिर छाडेको हुनु भए पनि सरकारले यसलाई पालना नगररेको बताए । अमेरिकाका लागि सिफारिस चिरनजंग थापा, स्पेनका लागि सिफारिस प्राप्ति शेरचन, जर्मनका लागि सिफारिस सरू जोशी, ओमनका लागि सिफारिस डा. पद्माक्षी राणा र दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठलाई सरकारले मापण्डविरीत राजदूतमा सिफारिस गरेको उनको आरोप छ ।

सुशासनका लागि युवाले ज्यानको बलिदान दिए पनि सरकार कुशासनमा लागेको उनको भनाइ छ । सरकारको यस्तो निर्णय आउनुमा विदेश दबाब वा आर्थिक चलखेल रहने भन्दै उनले भने, ‘सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? यसलाई सुशासन भनिदैन यो कूशासन हो। आफै बनाएको मापदण्ड आफै लागू गर्न नसक्ने ? यो जम्मा दुई कारण आउँछ । कि विदेशी दबाब कि अर्बौँको चलखेल ।’

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी