2026-10-17 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही

2026-09-21

काठमाडौँ | प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले हालै सरकारले विभिन्न १३ देशका लागि राजदूतको नाम सिफारिस गर्दा आफैंले बनाएको मापदण्ड मिचेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजदूत नियुक्तिका लागि आफैंले बनाएको मापदण्ड मिचेर सरकारले नाम सफारिस गरेको बताएका हुन् ।

परराष्ट्र मन्त्रालयले बनाएको मापदण्डको १० नम्बर र १४ नम्बर बुँदालाई उद्धृत गर्दै उनले विदेशी संघसंस्थामा काम गरेका व्यक्तिहरू राजदूत नियुक्ति हुनका लागि कम्तिमा १० वर्ष जागिर छाडेको हुनु भए पनि सरकारले यसलाई पालना नगररेको बताए । अमेरिकाका लागि सिफारिस चिरनजंग थापा, स्पेनका लागि सिफारिस प्राप्ति शेरचन, जर्मनका लागि सिफारिस सरू जोशी, ओमनका लागि सिफारिस डा. पद्माक्षी राणा र दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठलाई सरकारले मापण्डविरीत राजदूतमा सिफारिस गरेको उनको आरोप छ ।

सुशासनका लागि युवाले ज्यानको बलिदान दिए पनि सरकार कुशासनमा लागेको उनको भनाइ छ । सरकारको यस्तो निर्णय आउनुमा विदेश दबाब वा आर्थिक चलखेल रहने भन्दै उनले भने, ‘सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? यसलाई सुशासन भनिदैन यो कूशासन हो। आफै बनाएको मापदण्ड आफै लागू गर्न नसक्ने ? यो जम्मा दुई कारण आउँछ । कि विदेशी दबाब कि अर्बौँको चलखेल ।’

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु