2026-09-21 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग

2026-09-21

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित महँगा होटल तथा क्यान्टिनको मूल्यप्रति आपत्ति जनाउँदै त्यस्ता ‘फाइभस्टार’ होटल हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष शून्य समयमा बोल्दै सांसद सुनारले सिंहदरबारभित्र सामान्य खाद्यवस्तुको मूल्यसमेत अत्यधिक महँगो रहेको बताए ।

उनका अनुसार सिंहदरबारका होटलमा कालो चियाको १०० रुपैयाँ, दूध चियाको २०० रुपैयाँ, पाउरोटीको ३०० रुपैयाँ, चाउचाउको ४०० रुपैयाँ र मःमःको ५०० रुपैयाँसम्म पर्ने गरेको छ । सिंहदरबारभित्रका होटलमा सर्वसाधारणले मात्र नभई सांसदहरूले समेत महँगो मूल्यका कारण सहज रूपमा खान नसक्ने अवस्था रहेको उनले बताए ।

‘दैलेख, बर्दियालगायतका जिल्लामा चियाको जति पैसा पर्छ, त्यति नै सिंहदरबारमा भएका फाइभस्टार होटलमा पर्नुपर्छ,’ उनले भने, ‘त्यसो नभए यहाँबाट हटाउनुपर्छ । सुन्धाराका होटलभन्दा सिंहदरबारमा बढी भए ।’

सांसद सुनारले सिंहदरबारजस्तो राज्यको प्रशासनिक केन्द्रमा सञ्चालन हुने होटल तथा क्यान्टिनमा सामान्य नागरिक र सांसदले धान्न सक्ने मूल्य कायम गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सांसदहरूसमेत त्यहाँको महँगो खानाको मूल्य तिर्न सक्ने अवस्थामा नरहेको भन्दै मूल्य पुनरावलोकन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी