2026-10-16 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग

2026-09-21

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित महँगा होटल तथा क्यान्टिनको मूल्यप्रति आपत्ति जनाउँदै त्यस्ता ‘फाइभस्टार’ होटल हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष शून्य समयमा बोल्दै सांसद सुनारले सिंहदरबारभित्र सामान्य खाद्यवस्तुको मूल्यसमेत अत्यधिक महँगो रहेको बताए ।

उनका अनुसार सिंहदरबारका होटलमा कालो चियाको १०० रुपैयाँ, दूध चियाको २०० रुपैयाँ, पाउरोटीको ३०० रुपैयाँ, चाउचाउको ४०० रुपैयाँ र मःमःको ५०० रुपैयाँसम्म पर्ने गरेको छ । सिंहदरबारभित्रका होटलमा सर्वसाधारणले मात्र नभई सांसदहरूले समेत महँगो मूल्यका कारण सहज रूपमा खान नसक्ने अवस्था रहेको उनले बताए ।

‘दैलेख, बर्दियालगायतका जिल्लामा चियाको जति पैसा पर्छ, त्यति नै सिंहदरबारमा भएका फाइभस्टार होटलमा पर्नुपर्छ,’ उनले भने, ‘त्यसो नभए यहाँबाट हटाउनुपर्छ । सुन्धाराका होटलभन्दा सिंहदरबारमा बढी भए ।’

सांसद सुनारले सिंहदरबारजस्तो राज्यको प्रशासनिक केन्द्रमा सञ्चालन हुने होटल तथा क्यान्टिनमा सामान्य नागरिक र सांसदले धान्न सक्ने मूल्य कायम गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सांसदहरूसमेत त्यहाँको महँगो खानाको मूल्य तिर्न सक्ने अवस्थामा नरहेको भन्दै मूल्य पुनरावलोकन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु