2026-10-19 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी

2026-09-21

काठमाडौँ | नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नागरिकका समस्या समाधान गर्नुपर्ने सरकार आफैँ अलमलिएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले रसुवा र नुवाकोटका बाढीपीडितहरू अझै बिचल्लीमा रहेको भन्दै सरकारले तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न नसकेको बताए । “रसुवा, नुवाकोटका बाढीपीडितहरू बिचल्लीमा छन् । चाडपर्वको मुखमा अस्थायी पुनर्वासको व्यवस्थाको सुरसार छैन,” उनले भने ।

केसीले संसदीय विशेष समिति तत्काल गठन गर्न माग गरे । संस्था र व्यक्तिभन्दा प्रभुत्वका आधारमा देश सञ्चालन हुन थालेको भन्दै उनले दुःख व्यक्त गरे । भदौ २४ गते भएको विध्वंसको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग तत्काल गठन गर्नुपर्ने उनको माग थियो । “सभामुख महोदय, सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो ?” उनले प्रश्न गरे ।

मानवअधिकार आयोगको प्रतिवेदन लुकाउनु जनताको सूचनाको अधिकारमाथिको आक्रमण मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम गराउने काम भएको केसीले बताए । उनले आयोगका सिफारिस कार्यान्वयन नगरेर सरकारले संविधान र विधिको शासनकै खिल्ली उडाएको आरोप लगाए । नागरिकका समस्या समाधान, घटनाको छानबिन र संवैधानिक निकायका सिफारिस कार्यान्वयनमा सरकारको ढिलाइले राज्यप्रतिको जनविश्वास थप कमजोर बनाउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु