2026-10-17 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ

2026-09-21

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा थोत्रा तथा पुराना सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको धुवाँले नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्।

उनले भनिन्, ‘आकाशमा सेतो मुस्लो बादल दौडिँदै गर्दा हामी जमिनमा कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएका छौँ।’ कालो धुवाँ फाल्ने सवारीसाधनलाई गरिने जरिवाना बढाउने विषयमा आफूले तीन महिनाअघि पूर्वाधार विकास मन्त्रालयमा कुरा राखेको उनले बताइन्।

‘यही समस्या लिएर तीन महिना अघि पूर्वाधार विकास मन्त्रालय पुगेको थिएँ। मन्त्रीज्यूले कालो धुवाँ फाल्ने गाडीलाई ५०० जरिवानाबाट ५० हजार तोक्छु भन्नुभएको थियो। खै त कार्यान्वयन भने शून्य,’ उनले भनिन्।

सरकारले नयाँ नेतृत्व ल्याए पनि सडकमा चल्ने पुराना सवारीसाधनका कारण स्वच्छ हावा पाउने नागरिकको अधिकार प्रभावित भइरहेको उनले बताइन्। ‘आज म यस सदनबाट प्रश्न गर्न चाहन्छु। हामीलाई देश हाँक्ने चालक चाहिँ नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा र १०० वर्ष पुराना भएपछि जनताले कसरी स्वच्छ हावामा सास फेर्छ?’ उनले प्रश्न गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु