2026-09-22 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

2026-09-22

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन मंगलबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहले महासभाको सामान्य बहसलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्ने प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जनधनको क्षति, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेका छन्। भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीपछि हुन लागेको उनको यो भ्रमणमा जलवायु संकट र त्यसबाट नेपालले भोगिरहेको असमान क्षतिको विषयलाई प्राथमिकता दिइनेछ।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोगिरहेको विषयलाई जोड दिनेछन्। साथै, जलवायु न्याय, सहज रूपमा जलवायु वित्तमा पहुँच, प्रविधि हस्तान्तरण तथा जलवायुजन्य क्षतिको सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोगको माग प्रस्तुत गर्ने तयारी छ। नेपालले जलवायु परिवर्तनका कारण भएको क्षतिको सम्बोधनका लागि ‘हानि तथा क्षति सम्बोधन कोष’ लगायतका संयन्त्रमार्फत तत्काल र उपयुक्त आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नेछ। जलवायु जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि जलवायु–अनुकूल पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासमा विकसित मुलुकको सहयोगसमेत माग गरिनेछ।

महासभाका क्रममा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु–उत्थानशील भविष्यका लागि कार्यको आह्वान’ शीर्षकमा उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गर्नेछ। उक्त कार्यक्रममा हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम, प्राकृतिक विपत्को जोखिम तथा समुद्री सतह वृद्धिबीचको सम्बन्धबारे छलफल हुनेछ। प्रधानमन्त्री शाहसँगै नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकर, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली भने यसअघि नै न्युयोर्क पुगिसकेको छ। उनले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् र विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौँ फर्कनेछन्। यसपटकको महासभालाई नेपालले जलवायु परिवर्तन, हिमाली मुलुकका समस्या, जलवायु न्याय र वित्तीय सहयोगका विषय अन्तर्राष्ट्रिय एजेन्डाको केन्द्रमा ल्याउने अवसरका रूपमा प्रयोग गर्ने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय