2026-10-17 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने

2026-09-22

काठमाडौँ | नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । यसअघि बुधबार बैठक समापन गर्ने तयारी भएपनि कार्यसूचीमाथि नै नेताहरूले आपत्ति जनाएपछि केन्द्रीय समिति बैठककै बिच बुधबार बिहान सचिवालय बैठक पनि बस्ने तय भएको छ । अब बिहीबार मात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गर्न नेताहरू सहमत भएको बताइएको छ ।

एमालेका एक नेताले दिएको जानकारीअनुसार बुधबार बिहान सचिवालय बैठकले अहिले जारी बैठकको कार्यसूची अनुमोदन गर्ने छ । एमालेले यसअघि नै ९ वटा कार्यसूची तय गरेको थियो । तर उक्त कार्यसूची अनुमोदन भने भएको थिएन । सचिवालयबाट कार्यसूची अनुमोदन राएर बुधबार दिउँसो १ बजेदेखि फेरि केन्द्रीय कमिटी बैठक निरन्तर गरिनेछ । सोमबारदेखि सुरु भएको बैठकमा नेताहरूले लामो समयपछि बसेको बैठकमा बोल्न चाहनेहरूलाई समय उपलब्ध गराउनुपर्ने र अहिले तय भएको समयले नपुग्ने अध्यक्ष ओलीलाई बताएका थिए ।

महासचिव शंकर पोखरेलले यसबारे सोमबारको बैठकलगत्तै अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डु पुगेर जानकारी गराएका थिए । बैठकको पहिलो दिन अध्यक्ष ओलीले ७८ पेज लामो प्रतिवेदन पेस गरेका थिए । जसमा नेतृत्व परिवर्तन र पुनर्गठनको मुद्दा हटाइएको छ । एमालेमा गत निर्वाचनपछि पुनर्गठनको बहस चुलिँदै आएको थियो । तर, अध्यक्ष ओलीको अनिच्छाका कारण विशेष महाधिवेशन र नेतृत्व पुनर्गठनको मुद्दा ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु