2026-09-22 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने

2026-09-22

काठमाडौँ | नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । यसअघि बुधबार बैठक समापन गर्ने तयारी भएपनि कार्यसूचीमाथि नै नेताहरूले आपत्ति जनाएपछि केन्द्रीय समिति बैठककै बिच बुधबार बिहान सचिवालय बैठक पनि बस्ने तय भएको छ । अब बिहीबार मात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गर्न नेताहरू सहमत भएको बताइएको छ ।

एमालेका एक नेताले दिएको जानकारीअनुसार बुधबार बिहान सचिवालय बैठकले अहिले जारी बैठकको कार्यसूची अनुमोदन गर्ने छ । एमालेले यसअघि नै ९ वटा कार्यसूची तय गरेको थियो । तर उक्त कार्यसूची अनुमोदन भने भएको थिएन । सचिवालयबाट कार्यसूची अनुमोदन राएर बुधबार दिउँसो १ बजेदेखि फेरि केन्द्रीय कमिटी बैठक निरन्तर गरिनेछ । सोमबारदेखि सुरु भएको बैठकमा नेताहरूले लामो समयपछि बसेको बैठकमा बोल्न चाहनेहरूलाई समय उपलब्ध गराउनुपर्ने र अहिले तय भएको समयले नपुग्ने अध्यक्ष ओलीलाई बताएका थिए ।

महासचिव शंकर पोखरेलले यसबारे सोमबारको बैठकलगत्तै अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डु पुगेर जानकारी गराएका थिए । बैठकको पहिलो दिन अध्यक्ष ओलीले ७८ पेज लामो प्रतिवेदन पेस गरेका थिए । जसमा नेतृत्व परिवर्तन र पुनर्गठनको मुद्दा हटाइएको छ । एमालेमा गत निर्वाचनपछि पुनर्गठनको बहस चुलिँदै आएको थियो । तर, अध्यक्ष ओलीको अनिच्छाका कारण विशेष महाधिवेशन र नेतृत्व पुनर्गठनको मुद्दा ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय