2026-10-16 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ

2026-09-22

काठमाडौँ | त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाएर चालक अर्जुन लामा दोङले आत्मदाह गरेको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आषिका तामाङले ट्राफिक कारबाहीको विद्यमान शैलीमाथि प्रश्न उठाएकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै तामाङले ट्राफिक प्रहरीले सडकमा गर्ने कारबाहीलाई प्रमाणमा आधारित र पारदर्शी बनाउन माग गरिन् । त्यसका लागि प्रत्येक ट्राफिक प्रहरीको शरीरमा क्यामेरा जडान गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो । लाइसेन्स र बिलबुक नियन्त्रण गरी सडकमै फैसला गर्नुभन्दा पनि फोटो भिडियोको रेकर्डको आधारमा तथ्यपरक काम कारबाही अघि बढाइयोस्,’ उनले भनिन् ।

ट्राफिक कारबाहीविरुद्ध उजुरी तथा पुनरावेदन गर्ने विद्यमान व्यवस्था पनि सर्वसाधारणका लागि व्यवहारिक नभएको तामाङको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ ले ट्राफिकलगायत अधिकृतबाट भएको निर्णयविरुद्ध यातायात व्यवस्था विभागमा पुनरावेदन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तो पुनरावेदनका लागि ३५ दिनको हदम्याद भने दफा १७२ मा तोकिएको छ । दुर्गम जिल्लाका चालकलाई सामान्य जरिवानाविरुद्ध समेत काठमाडौँ आउनुपर्ने अवस्था न्यायोचित नभएको उनले बताइन् । ‘दार्चुलाका चालकलाई ट्राफिकको कारबाही चित्त नबुझे उहाँ काठमाण्डु आई डिजी साबलाई उजुरी दिन सक्ने सम्भावना कत्तिको न्यायोचित हो त ? चालकलाई ५ सय रुपैयाँ जरिवाना चित्त बुझेन भनेर ५० हजार खर्च गरी उ काठमाडौँ आउन सक्छ त ?’ उनले प्रश्न गरिन् ।

ट्राफिक कारबाहीसम्बन्धी उजुरी र पुनरावेदनको प्रक्रिया अनलाइनबाटै गर्न सकिने बनाउनुपर्ने उनको माग छ । ‘त्यसैले १७१ दफाको नियम पुरै हावादारी छ । ट्राफिक नियमको कामकारबाही अनलाइनमार्फत सहज बनाउनुपर्यो, होइन भने जनता मार्ने दफा, उपदफा खारेज गरिनुप¥यो,’ तामाङले भनिन् । त्रिपुरेश्वरमै यसअघि पार्किङको विषयमा भएको विवादपछि एक युवाले ज्यान गुमाएको र अहिले हर्न बजाएको विषयमा विवादपछि अर्को युवाको मृत्यु भएको उल्लेख गर्दै उनले यस्ता घटनाबाट राज्यले पाठ सिक्नुपर्ने बताइन् । ‘हिजो पार्किङको नाममा एउटा युवाले जलेर आफ्नो ज्यान गुमाउनुप¥यो भने आज हर्न बजाएको निहुँमा अर्को युवाले,’ उनले भनिन् ।

ट्राफिक प्रहरीको कारबाहीलाई प्रविधिमैत्री र प्रमाणमुखी बनाउन सके प्रहरी र चालकबीच सडकमा हुने विवादको वस्तुगत परीक्षण गर्न सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु