2026-09-22 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ

2026-09-22

काठमाडौँ | त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाएर चालक अर्जुन लामा दोङले आत्मदाह गरेको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आषिका तामाङले ट्राफिक कारबाहीको विद्यमान शैलीमाथि प्रश्न उठाएकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै तामाङले ट्राफिक प्रहरीले सडकमा गर्ने कारबाहीलाई प्रमाणमा आधारित र पारदर्शी बनाउन माग गरिन् । त्यसका लागि प्रत्येक ट्राफिक प्रहरीको शरीरमा क्यामेरा जडान गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो । लाइसेन्स र बिलबुक नियन्त्रण गरी सडकमै फैसला गर्नुभन्दा पनि फोटो भिडियोको रेकर्डको आधारमा तथ्यपरक काम कारबाही अघि बढाइयोस्,’ उनले भनिन् ।

ट्राफिक कारबाहीविरुद्ध उजुरी तथा पुनरावेदन गर्ने विद्यमान व्यवस्था पनि सर्वसाधारणका लागि व्यवहारिक नभएको तामाङको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ ले ट्राफिकलगायत अधिकृतबाट भएको निर्णयविरुद्ध यातायात व्यवस्था विभागमा पुनरावेदन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तो पुनरावेदनका लागि ३५ दिनको हदम्याद भने दफा १७२ मा तोकिएको छ । दुर्गम जिल्लाका चालकलाई सामान्य जरिवानाविरुद्ध समेत काठमाडौँ आउनुपर्ने अवस्था न्यायोचित नभएको उनले बताइन् । ‘दार्चुलाका चालकलाई ट्राफिकको कारबाही चित्त नबुझे उहाँ काठमाण्डु आई डिजी साबलाई उजुरी दिन सक्ने सम्भावना कत्तिको न्यायोचित हो त ? चालकलाई ५ सय रुपैयाँ जरिवाना चित्त बुझेन भनेर ५० हजार खर्च गरी उ काठमाडौँ आउन सक्छ त ?’ उनले प्रश्न गरिन् ।

ट्राफिक कारबाहीसम्बन्धी उजुरी र पुनरावेदनको प्रक्रिया अनलाइनबाटै गर्न सकिने बनाउनुपर्ने उनको माग छ । ‘त्यसैले १७१ दफाको नियम पुरै हावादारी छ । ट्राफिक नियमको कामकारबाही अनलाइनमार्फत सहज बनाउनुपर्यो, होइन भने जनता मार्ने दफा, उपदफा खारेज गरिनुप¥यो,’ तामाङले भनिन् । त्रिपुरेश्वरमै यसअघि पार्किङको विषयमा भएको विवादपछि एक युवाले ज्यान गुमाएको र अहिले हर्न बजाएको विषयमा विवादपछि अर्को युवाको मृत्यु भएको उल्लेख गर्दै उनले यस्ता घटनाबाट राज्यले पाठ सिक्नुपर्ने बताइन् । ‘हिजो पार्किङको नाममा एउटा युवाले जलेर आफ्नो ज्यान गुमाउनुप¥यो भने आज हर्न बजाएको निहुँमा अर्को युवाले,’ उनले भनिन् ।

ट्राफिक प्रहरीको कारबाहीलाई प्रविधिमैत्री र प्रमाणमुखी बनाउन सके प्रहरी र चालकबीच सडकमा हुने विवादको वस्तुगत परीक्षण गर्न सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग