2026-10-17 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा

2026-09-22

काठमाडौँ | जेनजी आन्दोलनका सहिदका लागि न्याय माग गर्दै प्रतिनिधि सभाको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा भावुक बनेकी छन्। मंगलबार दिउँसो बैठकमा जेनजी सहिदकी आमासमेत रहेकी खतिवडा बोल्दाबोल्दै भक्कानिएकी हुन्।

उनले आफू जेनजी सहिदको न्यायका लागि संसदमा आएको बताउँदै न्याय पाएको दिन पद छाड्नलाई एक सेकेन्ड पनि हिचकिचाहट नहुने बताइन्।‘यो मेरो यात्राको उद्देश्य शासकहरूले आफ्ना गलत बाटो समयमा सुधारून् भनेर हो। म आज यो रोष्टमबाट स्पष्ट पार्न चाहन्छु जुन दिन जेन्जी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाउँछन् त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुनेछैन। तर बिडम्बना मेरो यो पवित्र उद्देश्य र छातीको घाउ कसैले छोरोको लास माथि सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु,’ उनले भनिन्।

उनले आफूलाई प्रधानमन्त्री बालेन शाहले बारम्बार अनुरोध गरेकाले सांसद बनेको पनि स्पष्ट पारिन्। ‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन। यो मेरो न्याय र खोज्ने यात्रा थियो। मेरो कोखमा ९ महिना हुर्केको ताते ताते गर्दै मेरा आँखामै सामुने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो,’ उनले भनिन्, ‘एउटा विश्वास र पवित्र यात्रा हो राष्ट्रिय स्वतन्त्र पार्टी मेरो घरको दैलोसम्म पुगेको थियो। सम्माननीय प्रधानमन्त्री ज्यूले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ। अन्य तमाम जेन्जीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ।’

संसदको रोष्ट्रमबाट निरन्तर खबरदारी गर्नका लागि आफू आएको पनि उनले बताइन्। उनले सरकारलाई आफ्नो अपमान भइरहँदा सरकारले के हेरेर बसेको भनेर पनि प्रश्न गरेकी छन्।‘एउटी शहीदकी आमाको यत्रो अपमान हुँदा यो सरकार के हेरेर बसेको छ? आफ्नो छोराहरूको रगत अझै पनि हाम्रा छोराहरूको रगत अझै पनि सुकेका छैनन्। न्यायको अभाव आवास हुने गरी काम गर्नुहोस्,’ उनले भनिन्, ‘कारागारमा भएका जेन्जी थुनिएकाहरूलाई तत्कालै रिहा गर्नुहोस्। घाइते घाइतेहरूको उपचारको लागि संसारको जुनसुकै ठाउँमा लैजानुपरे पनि निःशुल्क उपचार होस्। शहीद परिवारले चित्त बुझ्ने गरी काम गर्नुहोस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु