2026-10-19 04:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं

2026-09-22

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्ने बताएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद प्रसाईंले ग्यास तथा चिनीको अभाव र बढ्दो महँगीबाट जनताले भोगिरहेको समस्या अन्त्य गर्न सरकारले ‘दया र दण्ड’को नीति लिनुपर्ने बताएका हुन् ।

उनले कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्नुपर्नेमा जोड दिए । सांसद प्रसाईंले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न संयुक्त राष्ट्रसंघीय महासभाको भ्रमणप्रति उच्च आशासमेत व्यक्त गरे । प्रधानमन्त्री साहले जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर तथा त्यसबाट नेपालीले भोग्नुपरेका समस्यालाई विश्वमञ्चमा कूटनीतिक मर्यादाका साथ प्रभावकारी रूपमा उठाउने विश्वास उनले व्यक्त गरे । आत्मदाहका घटनाबारे बोल्दै सांसद प्रसाईंले यस्ता घटनालाई सञ्चारमाध्यमले अत्यधिक प्राथमिकता दिँदा समाजमा नकारात्मक उत्तेजना उत्पन्न हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

पछिल्लो समय मानिसमा बढ्दै गएको एक्लोपन तथा मनोसामाजिक समस्या समाधानका लागि सञ्चार क्षेत्र र राज्य दुवै संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु