
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपतिसँगको भेटवार्ताका लागि कार्यवाहक प्रधानमन्त्री बुधबार बिहान शीतल निवास पुगेका थिए ।
भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।