2026-10-30 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट

2026-10-02

काठमाडौँ | साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन सामान्य बढेको बजार शुक्रबार भने दोहोरो अंकले घटेको हो। बिहीबार नेप्से ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा बन्द भएको थियो।

शुक्रबार सेन्सेटिभ इन्डेक्स १.७४ अंकले घटेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७१ अंकले घटेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको कारोबार भएकोमा शुक्रबार ३५६ स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन्।

शुक्रबार एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ। माण्डु हाइड्रोपावरको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशत बढेको छ। यस दिन कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको करिब साढे १५ करोड रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन्। म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.७३ प्रतिशत घटेको छ। बाँकी अधिकांश उपसमूहमा पनि गिरावट देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम