2026-10-03 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ?

2026-10-03

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले आगामी शनिबार र आइतबार विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका सम्बद्ध फिडरहरूमा मर्मत सम्भार, भूमिगत केबल चार्जिङ तथा स्विचिङ स्टेसनको लोड सिफ्ट गर्ने कार्य गर्नुपर्ने भएकाले बत्ती जाने प्राधिकरणले स्पष्ट पारेको हो ।

प्राधिकरणका अनुसार शनिवार कमलादी फिडर अन्तर्गतका जामे मस्जिद, घण्टाघर, स्काई टावर, गणेश मन्दिर, हेरिटेज प्लाजा, याक एण्ड यती क्षेत्र र प्रज्ञा भवन आसपासका स्थानमा बिहान ८ः०० बजेदेखि दिउँसो ११ः ०० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरी असोज १७ र १८ गते दुवै दिन बबरमहल फिडर (केर) अन्तर्गतका रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वाटर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय र पशु अस्पताल आसपासका क्षेत्रमा बिहान १०ः ०० बजेदेखि बेलुका ५ः ०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।

शनिबार गते त्रिपुरेश्वर फिडर (सुन्धारा) अन्तर्गतका धरहरा, नेपाल टेलिकम, बागदरबार, सेन्ट्रल जेल, रङ्गशाला र त्रिपुरेश्वर चोक आसपासका क्षेत्रमा पनि बिहान १०ः ०० बजेदेखि बेलुका ५ : ०० बजेसम्म बत्ती जानेछ। आइतबार भने त्रिपुरेश्वर फिडर (टेकु) अन्तर्गत पर्ने टेकु सबस्टेसन, टेकु चोक हुँदै त्रिपुरेश्वर चोकसम्म बिहान १०ः ०० बजेदेखि बेलुका ५ : ०० बजेसम्म विद्युत् बन्द हुनेछ। सोही दिन थापाथली फिडरअन्तर्गत नर्भिक अस्पताल, प्रसूति गृह, प्रसूति गृह मार्ग, मार्टिन चौतारी, कुरिया गाउँ र बबरमहल कर कार्यालय क्षेत्रमा बिहान ८ : ०० बजेदेखि दिउँसो १२ : ०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध रहने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगावै कार्य सम्पन्न भएमा विद्युत् सेवा पुनः सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ। ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै थप जानकारीका लागि प्राधिकरणको वेबसाइट वा हटलाइन नम्बर ११५० को एक्सटेन्सन नम्बर ३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग