2026-11-01 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ?

2026-10-03

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले आगामी शनिबार र आइतबार विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका सम्बद्ध फिडरहरूमा मर्मत सम्भार, भूमिगत केबल चार्जिङ तथा स्विचिङ स्टेसनको लोड सिफ्ट गर्ने कार्य गर्नुपर्ने भएकाले बत्ती जाने प्राधिकरणले स्पष्ट पारेको हो ।

प्राधिकरणका अनुसार शनिवार कमलादी फिडर अन्तर्गतका जामे मस्जिद, घण्टाघर, स्काई टावर, गणेश मन्दिर, हेरिटेज प्लाजा, याक एण्ड यती क्षेत्र र प्रज्ञा भवन आसपासका स्थानमा बिहान ८ः०० बजेदेखि दिउँसो ११ः ०० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरी असोज १७ र १८ गते दुवै दिन बबरमहल फिडर (केर) अन्तर्गतका रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वाटर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय र पशु अस्पताल आसपासका क्षेत्रमा बिहान १०ः ०० बजेदेखि बेलुका ५ः ०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।

शनिबार गते त्रिपुरेश्वर फिडर (सुन्धारा) अन्तर्गतका धरहरा, नेपाल टेलिकम, बागदरबार, सेन्ट्रल जेल, रङ्गशाला र त्रिपुरेश्वर चोक आसपासका क्षेत्रमा पनि बिहान १०ः ०० बजेदेखि बेलुका ५ : ०० बजेसम्म बत्ती जानेछ। आइतबार भने त्रिपुरेश्वर फिडर (टेकु) अन्तर्गत पर्ने टेकु सबस्टेसन, टेकु चोक हुँदै त्रिपुरेश्वर चोकसम्म बिहान १०ः ०० बजेदेखि बेलुका ५ : ०० बजेसम्म विद्युत् बन्द हुनेछ। सोही दिन थापाथली फिडरअन्तर्गत नर्भिक अस्पताल, प्रसूति गृह, प्रसूति गृह मार्ग, मार्टिन चौतारी, कुरिया गाउँ र बबरमहल कर कार्यालय क्षेत्रमा बिहान ८ : ०० बजेदेखि दिउँसो १२ : ०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध रहने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगावै कार्य सम्पन्न भएमा विद्युत् सेवा पुनः सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ। ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै थप जानकारीका लागि प्राधिकरणको वेबसाइट वा हटलाइन नम्बर ११५० को एक्सटेन्सन नम्बर ३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द