2026-10-31 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’

2026-10-03

काठमाडौँ | नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गर्नुभएको छ । शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उहाँले काँग्रेसभित्र केही विवाद देखिएपनि पार्टी विभाजन नभएको दाबी गर्नुभएको हो । उहाँले काँग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफुहरुको रहेको बताउनुभयो । महामन्त्रीमा विजयी भएमा शुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उहाँको भनाई छ ।

उहाँले पार्टीभित्र आफू प्रो कोईराला रहेको बताउनुभयो । उहाँले आफू वीपी कोईरालाको अनुयायी र गिरिजाप्रसाद कोईरालाको कार्यकर्ता भएको उल्लेख गर्दै कोइराला परिवारले नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘म वीपी कोईरालाको अनुयायी हो । गिरिजाबाबुको कार्यकर्ता हो । मोरङमा बस्ने मान्छेहरु प्रो कोईराला नै हुन्छन्, म प्रो कोईराला नै हो । यो स्वीकार्नलाई मलाई लाज छैन । यो पार्टीको स्थापना पनि कोईराला फ्यामिलीले नै गरेको हो । अहिले पार्टीको विरासत अथवा पार्टीको छवि खस्किएको अवस्था छ, यसलाई बरकरार राख्नको निम्ति हाम्रो उम्मेदवारी हो । व्यक्ति महत्वपूर्ण होइन, कोईरालाको विचार, बीपी कोइरालाको विचार, गिरिजाबाबुको विचार, किसुनजी र गणेशमानजीको विचार बोकेर हिँड्ने हामीजस्ता हजारौँ कार्यकर्ता छन् । काँग्रेस फुटेको छैन। अलिअलि झमेला, झैझगडा लोकतान्त्रिक पार्टीमा भइरहन्छ । यसलाई मिलाउने कर्तव्य हाम्रो हो, महामन्त्री भएपछि पहिलो काम पार्टी मिलाउने मै हुन्छ ।’

सभापतिमा कसलाई समर्थन गर्ने भन्नेमा भने स्पष्ट नभएको उहाँले बताउनुभयो । सभापतिमा उम्मेद्वारी कसैले घोषणा नगरेकाले अहिले सार्वजनिक गर्न नमिल्ने उहाँको भनाई छ । गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सभापतिमा चाहिँ धेरै आकांक्षीहरु हुन सक्छन्, कम आकांक्षीहरु हुन सक्छन्, सर्वसम्मत हुन सक्छ, सबैभन्दा पहिला महामन्त्रीमा मेरो उम्मेदवारी घोषणा भइसकेको र सभापतिको उम्मेदवारी घोषणा हुन बाँकी रहेकोले सभापति घोषणा भइसके पछाडि युवाहरुलाई अथवा युवाहरुका विचारलाई गत वर्षको जेन–जी मुभमेन्टको सेन्टिमेन्टलाई क्यारी गर्न सक्ने र लोकतन्त्रलाई बचाउन सक्ने युवा उम्मेदवारमध्येलाई मेरो समर्थन रहन्छ । अब उम्मेदवारी नै घोषणा नगरिकन फलानो हो म किन भन्ने रु’ उहाँले आफूले कुनै छुट्टै टिम नबनाउने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने