2026-10-30 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य

2026-10-03

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभर सञ्चालन हुने वार्षिक परीक्षाका सबै केन्द्रमा सीसी क्यामरा जडान गर्नुपर्ने भएको छ। त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै परीक्षा केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामरा राख्नुपर्ने व्यवस्था लागू गरिएको जनाएको हो। केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले यससम्बन्धी निर्णय गरेको कार्यालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार परीक्षा सञ्चालन हुने कक्ष, उत्तरपुस्तिका सिलबन्दी गरिने स्थान र परीक्षा केन्द्रको प्रवेशद्वार स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्नेछ। त्यसरी जडान गरिएका क्यामराले खिचेको दृश्यको रेकर्ड कम्तीमा ४५ दिनसम्म सुरक्षित राख्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्रिविले परीक्षा सञ्चालनलाई व्यवस्थित तथा निगरानीलाई प्रभावकारी बनाउन सबै केन्द्रले तोकिएको मापदण्डअनुसार क्यामरा जडान गर्नुपर्ने स्पष्ट पारेको छ।

निर्धारित व्यवस्था पालना नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परिवर्तनसमेत गर्न सकिने कार्यालयले चेतावनी दिएको छ। यससँगै परीक्षा केन्द्र सञ्चालनका लागि सीसी क्यामरा व्यवस्थापनसमेत अनिवार्य शर्तका रूपमा अघि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम