2026-10-03 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य

2026-10-03

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभर सञ्चालन हुने वार्षिक परीक्षाका सबै केन्द्रमा सीसी क्यामरा जडान गर्नुपर्ने भएको छ। त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै परीक्षा केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामरा राख्नुपर्ने व्यवस्था लागू गरिएको जनाएको हो। केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले यससम्बन्धी निर्णय गरेको कार्यालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार परीक्षा सञ्चालन हुने कक्ष, उत्तरपुस्तिका सिलबन्दी गरिने स्थान र परीक्षा केन्द्रको प्रवेशद्वार स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्नेछ। त्यसरी जडान गरिएका क्यामराले खिचेको दृश्यको रेकर्ड कम्तीमा ४५ दिनसम्म सुरक्षित राख्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्रिविले परीक्षा सञ्चालनलाई व्यवस्थित तथा निगरानीलाई प्रभावकारी बनाउन सबै केन्द्रले तोकिएको मापदण्डअनुसार क्यामरा जडान गर्नुपर्ने स्पष्ट पारेको छ।

निर्धारित व्यवस्था पालना नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परिवर्तनसमेत गर्न सकिने कार्यालयले चेतावनी दिएको छ। यससँगै परीक्षा केन्द्र सञ्चालनका लागि सीसी क्यामरा व्यवस्थापनसमेत अनिवार्य शर्तका रूपमा अघि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर