2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते

2026-10-05

काठमाडौँ | वीरगन्जसँग जोडिएको भारतीय बजार रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। रक्सौल हरैया थाना क्षेत्रअन्तर्गत पर्ने नेपाली स्टेशन क्षेत्रमा गत अक्टोबर २ को बिहान अरिङ्गालको समूहले बालबालिकामाथि टोकेको थियो। स्थानीयका अनुसार पुरानो फुसको घरमा खेलिरहेका बालबालिकामाथि अचानक अरिङ्गालको झुन्डले आक्रमण गरेको हो।

अरिङ्गालले टोकेर सख्त घाइते भएका चारै जना बालबालिकालाई तत्काल रक्सौलस्थित डंकन अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा ७ वर्षका लखन कुमार मल्लिकको आइतबार साँझ मृत्यु भयो। लखनका बुबा स्वर्गीय इन्दल मल्लिक हुन्। यसअघि सोही अस्पतालमा उपचारकै क्रममा विजय मल्लिकका २ वर्ष ६ महिनाका छोरा करण कुमार मल्लिकको गत शुक्रबार मृत्यु भएको थियो। घटनामा ४ वर्षका अरुण कुमार मल्लिक र ३ वर्ष ६ महिनाका रक्की कुमार मल्लिक गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको डंकन अस्पतालमै उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा ‘स्वच्छ रक्सौल’का अध्यक्ष रणजीत सिंहले कार्यपालक पदाधिकारी मनीष कुमारलाई जानकारी गराएका थिए। त्यसपछि नगरपालिकाका तर्फबाट मृतक बालकको अन्त्येष्टिका लागि तत्काल ५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइयो। अति विपन्न तथा महादलित डुम समुदायका बालबालिका यो दुर्घटनाको शिकार बनेपछि पीडित परिवार र सिङ्गो बस्ती शोकमा डुबेको छ। स्थानीयवासीले मृतकका परिवारलाई सरकारी नियमअनुसार क्षतिपूर्ति उपलब्ध गराउनुका साथै घाइते बालबालिकाको उपचारमा आवश्यक सहयोग गर्न प्रशासनसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द