2026-10-30 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव

2026-10-05

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक प्रस्ताव पेस गरेका छन् । आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशासहितको २९ बुँदे प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् । प्रस्तावमा कांग्रेसले विगत दुई दशकमा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गर्दै गठबन्धन, भागबन्डा र गुटबन्दीले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख छ ।

युवासँग बढेको दूरी घटाउँदै पार्टी पुनर्संरचनाको प्रस्ताव पनि गरिएको छ । थापाले आगामी निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन नगर्ने, आफ्नै उम्मेदवार र एजेन्डासहित चुनावमा जाने तथा उम्मेदवार छनोटमा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव गरेका छन् । प्रस्तावमा सरकारको निगरानीका लागि छायाँ सरकार, विकास आयोजना र बजेट अनुगमनका लागि ओपन–सोर्स नागरिक ड्यासबोर्ड, निजी क्षेत्रसँग सहकार्य, रोजगारी सिर्जना, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, प्रधानमन्त्रीलाई दुई कार्यकालको सीमा, निर्वाचन सुधार, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, पार्टीभित्र भ्रष्टाचार नियन्त्रण र युवाको सहभागिता बढाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावको मूल अवधारणा राष्ट्रिय पुनर्जागरण र समुन्नति रहेको छ । कांग्रेसलाई निर्वाचन केन्द्रित संगठनबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा पुनर्संरचना गर्ने लक्ष्य थापाले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम