2026-10-05 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम

2026-10-05

काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिलानमन्त्री सोविता गौतमले लगानीको वातावरण सुधारका लागि कानूनी तथा प्रक्रियागत सुधार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले नेपालमा लगानी भित्र्याउनका लागि प्रक्रियागत झन्झट हटाउनुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार ‘नेपालमा लगानी गर’ भनेर ठूला-ठूला कार्यक्रम गरे पनि प्रक्रिया नै बाधक भइरहे लगानीकर्ता आकर्षित हुँदैनन् ।

नेपालका लगानीकर्तासमेत लामो समयसम्म सहज वातावरण नपाए निरुत्साहित हुन सक्ने उल्लेख गर्दै उहाँले लगानी प्रक्रिया सहज, पारदर्शी र सबैका लागि अनुकूल बनाउनुपर्ने बताउनु भयो । नेपालको विकासमा निजी क्षेत्रलाई कसरी प्रभावकारी रूपमा समेट्ने र लगानीको वातावरण कसरी सहज बनाउने भन्ने विषयमा सरकार स्पष्ट रहेको मन्त्री गौतमले बताउनु भयो । सरकारले अबको विकासका पूर्वाधार तय गर्न स्पष्ट नीति लिएको बताउँदै मन्त्री गौतमले त्यसको आधारभूत पूर्वाधारका रूपमा कानुन निर्माणलाई लिएको बताउनु भयो । गौतमकाअनुसार कानून मन्त्रालयले चालु वर्षलाई ‘कानून सुधार तथा निर्माण वर्ष’ का रूपमा अघि बढाएको छ, आवश्यक कानून पहिचान गरी संशोधनको काम अघि बढाइसकिएको छ । पछिल्लो समय करिब ४६ वटा विधेयक संघीय संसद्मा दर्ता भएका छन् । तीमध्ये केही संसदीय समितिमा पुगेका छन् भने केहीमाथि छलफल भइरहेको छ । सरकारले अध्यादेशमार्फत पनि आवश्यक काम अघि बढाएको उहाँको भनाइ छ ।

मन्त्री गौतमले भन्नुभयो-‘विकासको यात्रा र अबको नेपालको लगानी कस्तो हुनुपर्छ भन्ने विषयमा वर्तमान सरकार एकदम स्पष्ट छ । अबको विकासका पूर्वाधार तय गर्न सरकारले स्पष्ट नीति लिएको छ । पूर्वाधारको पनि पूर्वाधार भनेको कानुन निर्माण हो । कानून निर्माणको यात्रालाई सहजीकरण गर्न कानुन मन्त्रालयले यस वर्षलाई ‘कानून सुधार तथा निर्माण वर्ष’ का रूपमा घोषणा गरेको छ । त्यसअनुरूप हामीले धेरै कानून सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरेका छौँ र सोहीअनुसार कानून संशोधनका काम पनि अगाडि बढाइसकेका छौँ । अहिले पछिल्लो समय करिव ४६ वटा विधेयक संघीय संसद्मा दर्ता भएका छन् । तीमध्ये केही समितिमा गएका छन् भने केही छलफलको क्रममा छन् । यो कुरा यहाँहरूलाई थाहा नै छ । अध्यादेशमार्फत पनि सरकारले केही काम अघि बढाएको थियो । अघिल्लो अधिवेशन अस्ति १६ गते अन्त्य भएको छ । अब केही समय अधिवेशन नहुने भएकाले यो अवधिमा पनि अर्को अधिवेशन शुरु भएलगत्तै के-के कानुन निर्माण गर्नुपर्ने हो भन्ने विषयका आधार तय गरिन्छ । त्यसैको पृष्ठभूमिमा अहिलेको यो काम भइरहेको हो । यहाँहरूले पहिचान गर्नुभएका विषयवस्तुलाई नै आगामी दिनमा दस्तावेजीकरण गरिएका विषयवस्तुको आधार मानेर कानून निर्माणको यात्रा शुरु हुन्छ । नेपालमा लगानी गरौँ भनेर हामीले जतिसुकै ठूला कार्यक्रम गरे पनि जबसम्म हाम्रा प्रक्रियाहरू बाधक बनिरहन्छन् र प्रक्रियाहरू सबैका लागि सहज हुने किसिमका हुँदैनन्, त्यतिबेलासम्म नेपालको मात्रै होइन, विश्वका कुनै पनि मानिस यहाँ लगानी गर्न आउँदैनन् । नेपालका मानिसहरूलाई पनि एक दिन वाक्क लाग्छ ‘जति गर्दा पनि हुँदैन’ भनेर । त्यसकारण अब नेपालमा लगानी कसरी भित्र्याउने, विकास कसरी गर्ने र निजी क्षेत्रलाई कसरी समेट्ने भन्ने विषयमा यो सरकार एकदम स्पष्ट छ ।’

उहाँले अबको केही समयलाई आगामी अधिवेशनमा आवश्यक पर्ने कानून निर्माणको आधार तय गर्ने अवसरका रूपमा उपयोग गरिने बताउनु भयो । विभिन्न क्षेत्रबाट पहिचान गरिएका विषयलाई दस्तावेजीकरण गर्दै त्यसकै आधारमा आगामी दिनमा कानून निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाइने उहाँले स्पष्ट समेत पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन