2026-10-30 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह

2026-10-05

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबिच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका छन् ।

बैठकमा गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता थियो । प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै भने, ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’उनले भोटेकोशी–त्रिशूली, गण्डकीसँगै अन्य क्षेत्रमा आएको बाढी पहिरोको क्षतिको समेत अध्ययनसहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताए ।

प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको पनि उल्लेख गरे । साथै, सरकारले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिरहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहले यस विपद् व्यवस्थापनमा आफ्नो समेत ज्यान जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम