2026-10-05 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

2026-10-05

काठमाडौँ | कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा छलफल सुरु भएको हो । हिमाल, पहाड र तराई-मधेश गरी तीन क्लस्टरमा बन्दसत्र सुरु भएको हो ।

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्। तराई–मधेश हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। यसअघि प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्द सत्र शुरू हुनुअघि बसेको बैठकका निर्णय सार्वजनिक गर्दै विशेष महाधिवेशनबाट निर्माण भएको वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक भएको बताए ।

बैठकले सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषय तथा महामन्त्री प्रदीप पौडेलले पेश गरेको पार्टी सञ्चालन र विधान सम्बन्धी प्रस्तावमाथि निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन