2026-10-05 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा

2026-10-05

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताएका छन् । कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्बोधन गर्दै सभापति थापाले कानुनी जिम्मेवारी पूरा गर्ने क्रममा महाधिवेशनमा आइपुगेको र यसबीचमा आएको विपत्का कारण पार्टीका कार्यक्रमसमेत प्रभावित भएको बताए ।

उनले भने, ‘विपत्का कारण हाम्रा कार्यक्रमहरू प्रभावित भए । साथै, पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउने प्रयासमा पनि हामी लाग्यौँ। सबै साथीहरूलाई एक ठाउँमा ल्याउने क्रममा केही कार्यतालिका तलमाथि हुन पुगे ।’

उनले पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउन आफूले सक्दो प्रयास गरेको उल्लेख गर्दै उपसभापतिलगायत पार्टीका अन्य नेताहरू तथा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले समेत एकताका लागि सहयोग गरेको बताए । पार्टीको विधानले समेत सदस्यता अद्यावधिकलाई आवश्यक बनाएको भन्दै उनले महाधिवेशनपछि पनि सदस्यता अद्यावधिकको काम निरन्तर अघि बढाउनुपर्ने बताए । तर पार्टीभित्रको राजनीतिक परिस्थितिका कारण अद्यावधिक नगरेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुने अवसर दिनुपर्ने अवस्था आएको उनले बताए । त्यसका लागि विशेष राजनीतिक निर्णय गरिएकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको थापाको भनाइ छ ।

उनले सदस्यता विवरण समयमै अद्यावधिक भएको भए महाधिवेशनका क्रममा विभिन्न स्थानमा देखिएका विवाद न्यूनीकरण गर्न सकिने बताए । सबै सदस्यसँग एनसी आईडी नम्बर भएको भए महाधिवेशन सम्पन्न गर्ने क्रममा उत्पन्न भएका झमेला नहुने उनको भनाइ थियो । थापाले पार्टीभित्रको एकताका लागि प्रयास गर्दा सदस्यतासम्बन्धी निर्णयसमेत अन्तिम समयसम्म धकेलिएको र त्यसको प्रत्यक्ष प्रभाव महाधिवेशनको कार्यतालिकामा परेको बताए । महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी रहेको उल्लेख गर्दै थापाले ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थानको अभावका कारण बन्दसत्र व्यवस्थापनमा समस्या भएको बताए ।

उनका अनुसार काठमाडौँको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । बन्दसत्र भने व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भए पनि ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थान पाउन कठिन भएको उनले बताए । बन्दसत्रका क्रममा प्रतिनिधिहरूलाई परेको असहजताप्रति थापाले क्षमासमेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’