2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने

2026-10-05

काठमाडौँ | भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती आइपुग्ने छन् । बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले बेलीब्रिज जडान सुरु गर्ने उनले जानकारी दिए । पुल जडान गर्न सामान्यतया तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ (पुलको संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ । थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताए । यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो । सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई–दुई मिटर उचाइ बढाइएको हो । निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ । पुलको भारवहन क्षमता ६० टन रहने उल्लेख छ ।

वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ । गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो । सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो । भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड यही शनिबारदेखि सञ्चालनमा आएको छ । दसैँअघि नै वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ । यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्कसमेत पुनःस्थापित गर्नेछ । रसुवासँगको सडक सञ्जाल प्रभावकारी नहुदाँ बाढीपश्चात् रसुवाको दैनिक जनजीवन प्रभावित हुदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द