2026-10-30 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश

2026-10-05

काठमाडौँ | सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ । शरणार्थीका सन्तानलाई देश छाड्न अनुमति नदिँदा उनीहरूको कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित आवागमनको अवरोध भएको ठहरिने भन्दै सर्वोच्च अदालतले उनीहरुलाई निषेध नगर्न आदेश दिएको हो ।

‘शरणार्थीको स्वतन्त्र आवगमन र पारिवारिक पुनर्मिलनमा अनावश्यक, असंगत वा कारणविहीन अवरोध सिर्जना गर्न नदिने मापदण्डहरू बाध्यकारी मानकको रुपमा स्थापित छन्’ एक शरणार्थी परिवारलाई विदेश जान अनुमति नदिएको विषयमा परेको रिट निवेदनमा परमादेश जारी गर्दै सर्वोच्च अदालतले भनेको छ, ‘नेपाल लगायत कुनै पनि राज्यले पुनस्र्थापना प्रक्रियामा अवरोध नगरी अझ सहजीकरण गर्ने दायित्व बहन गर्नुपर्ने हुन्छ ।’

शरणार्थीका सन्तानहरूलाई बाबुआमासँगको पुनर्मिलन रोक्नुले पारिवारिक एकता पनि भाँडिने भन्दै सर्वोच्च अदालतले त्यसलाई अन्तराष्ट्रिय संरक्षणका सिद्धान्तको प्रतिकूल भनेको हो । ‘यस्तो कार्य जिम्मेवार निकायको अकर्मण्यता र कानूनी शासनको सिद्धान्त प्रतिकूल मान्नुपर्ने हुन्छ’ सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘जहाँ राज्यको दायित्व रहन्छ त्यहाँ सरकार मुकदर्शक भएर बस्न मिल्दैन। शरणार्थीको पुनर्मिलनको अवरोध हटाउन उचित र आवश्यक सहजीकरण गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम