
काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भएका छन् ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उपसभापति शर्माले समसामयिक प्रतिवेदन पेस गरे । महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अहिले सबै प्रतिवेदनमाथि बन्दसत्रमा छलफल चलिरहेको छ । छलफल खुलामञ्चको तीनवटा हलमा भइरहेको छ ।