2026-10-29 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह

2026-10-05

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन वर्तमान सरकार निजी व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री साहले सरकार जनतासँगै निजी क्षेत्रसँग पनि उत्तरदायी रहेकाले सहकार्यका लागि तयार रहेको बताएका हुन् ।

चिनी उद्योगहरू बन्द हुने अवस्थामा रहे पनि कसैको चिन्ता नदेखिएको भन्दै उनले चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा सट्टा स्वदेशी उत्पादन र कृषि पारिस्थितिकी प्रणालीलाई जोड्न सुझाव दिए । चिनी उद्योगका लागि जग्गा दिने तर उत्पादनमा ध्यान नदिने प्रवृत्ति पनि नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ । उनले ग्याँस र पेट्रोलियम पदार्थको आपूर्तिमा हुने अवरोध युक्रेन–रूस र इरान–अमेरिका द्वन्द्व जस्ता बाह्य कारणले भएकाले बाह्य आयातमा मात्र भर नपरी स्वदेशी बिजुली र ब्रिकेटको प्रयोग बढाउनुपर्ने बताए । उनले आवश्यक नीति बनाएर दीर्घकालीन रुपमा ग्यासको सहज आपूर्ति र वितरण गर्न मन्त्रालयले आवश्यक काम सुरु गरिसकेको जानकारी दिए ।

बैठकमा व्यवसायीहरूले औद्योगिक विकास क्षेत्रका जग्गाहरू रहे पनि प्राप्त गर्न असहज भएको गुनासो गरेका थिए । उनीहरूले उद्योग सञ्चालनका लागि विद्युत् आपूर्ति भरपर्दो बनाउन समेत आग्रह गरेका थिए । बैठकले औद्योगिक करिडोरका लागि जग्गा व्यवस्थापनको समस्या समाधान गर्न उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम