2026-10-05 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो

2026-10-05

काठमाडौँ | नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले पार्टीका सदस्य, शुभेच्छुक तथा नेपालभित्र र विदेशमा रहेका सहयोगीबाट उक्त रकम सङ्कलन गरिएको हो।

प्रतिवेदनअनुसार कुल २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ ९६ पैसा सङ्कलन भएको थियो। सङ्कलित रकममध्ये १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। बाँकी १ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ ९६ पैसा नेपाल बैंक तथा इसेवामा रहेको प्रतिवेदनमा उल्लेख छ। कांग्रेसले बाँकी रकमसमेत सम्बन्धित निर्णय तथा आवश्यकताअनुसार बाढीपीडितको राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गर्ने जनाएको छ।

प्रतिवेदनमा सङ्कलित सहयोग रकम पीडितहरूको वास्तविक आवश्यकतामा उपयोग हुने गरी पारदर्शी, जिम्मेवार र उद्देश्यअनुरूप परिचालन गर्नु पार्टीको दायित्व रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै