2026-10-30 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव

2026-10-05

काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ। महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव गरेका हुन्।

प्रस्तावअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्। तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन्। कोषाध्यक्ष भने सभापतिबाट मनोनित गर्ने प्रस्ताव छ।

२९७ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ ४५ र खुला महिलातर्फ १५ जना रहने प्रस्ताव गरिएको छ। हरेक प्रदेशबाट एक महिलासहित चार, उपत्यकाबाट एक महिलासहित दुई, दलिततर्फ महिलासहित १४, आदिवासी जनजाति २०, खसआर्य १८, मधेशी १३, थारु ६ र मुस्लिमतर्फ पाँच जना रहनेछन्।

त्यस्तै श्रमिकतर्फ एक महिलासहित तीन, पेशागत विज्ञतर्फ दुई महिलासहित सात र युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ। यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय रहेको थियो। नयाँ संरचनासम्बन्धी प्रस्ताव बन्दसत्रबाट पारित भएपछि यसै महाधिवेशनमा हुने निर्वाचनमा कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम