2026-10-05 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव

2026-10-05

काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ। महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव गरेका हुन्।

प्रस्तावअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्। तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन्। कोषाध्यक्ष भने सभापतिबाट मनोनित गर्ने प्रस्ताव छ।

२९७ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ ४५ र खुला महिलातर्फ १५ जना रहने प्रस्ताव गरिएको छ। हरेक प्रदेशबाट एक महिलासहित चार, उपत्यकाबाट एक महिलासहित दुई, दलिततर्फ महिलासहित १४, आदिवासी जनजाति २०, खसआर्य १८, मधेशी १३, थारु ६ र मुस्लिमतर्फ पाँच जना रहनेछन्।

त्यस्तै श्रमिकतर्फ एक महिलासहित तीन, पेशागत विज्ञतर्फ दुई महिलासहित सात र युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ। यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय रहेको थियो। नयाँ संरचनासम्बन्धी प्रस्ताव बन्दसत्रबाट पारित भएपछि यसै महाधिवेशनमा हुने निर्वाचनमा कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै