2026-10-30 07:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता

2026-10-06

काठमाडौँ | नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशभरिबाट चुनिएर आएका कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ता प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए। तोकिएको कार्यतालिका अनुसार दिउँसो १२:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।

यस महाधिवेशनमार्फत नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्यामा उल्लेख्य वृद्धि गरेको छ। सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिलाई साबिकको १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्‍याइएको छ। पार्टी विधानको नयाँ व्यवस्था अनुसार उपसभापतिमा १ वरिष्ठ उपसभापति र १ महिला उपसभापति थप गरी कुल संख्या ४ पुर्‍याइएको छ।

महामन्त्रीमा १ जना अनिवार्य महिलासहित कुल ३ जना र सहमहामन्त्रीमा २ जना खुला पद थप गरी कुल संख्या ११ पुर्‍याइएको छ। यसका साथै प्रवक्ता पद थप गरिएको छ भने आवश्यकताका आधारमा सहप्रवक्ताहरू थप गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम