2026-11-02 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

2026-10-06

काठमाडौँ | दशैं तथा तिहारका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ । यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

अग्रीम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। चाडपर्वका बेला काठमाडौँ उपत्यकाभित्र र बाहिरिने सडकमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौँ आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।

खाद्यान्न, औषधि, इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीहरूलाई भने यो रोक लागू हुने छैन । दशैँ नजिकिँदै गर्दा अग्रीम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यसले राहत दिएको छ । सडकको अवस्था र मौसमलाई समेत ध्यानमा राखेर टिकट बुकिङको मिति तय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द