2026-10-29 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’

2026-10-06

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा विगतमा जस्तो नेताहरू दुईतिर बसेर टिम र प्यानल बनाउने अवस्था नरहेको बताएका छन्। महाधिवेशनको सन्दर्भमा आफूलाई आएका दुईवटा टेलिफोनको उदाहरण दिँदै शर्माले कांग्रेसभित्र अझै पनि पुरानै प्रवृत्ति देखिएको बताए।

‘दुईवटा टेलिफोन आयो। एउटा साथीले भन्नुभयो– दाइ, महाधिवेशन प्रतिनिधिमा हारेँ, भोट हाल्न आउन पाइनँ। अर्को (देउवा) तिर पनि महाधिवेशन छ, त्यता पाइन्छ कि? अर्को फोन आयो– दाइ, म महाधिवेशन प्रतिनिधि भएँ, अब केन्द्रीय सदस्यमा प्रयास गरौँ कि भन्दैछु,’ उपसभापति शर्माले खुलामञ्चमा भएको बन्दसत्रमा भने।

शर्माले कांग्रेसको महाधिवेशनमा देखिएको यस्तो प्रवृत्तिबारे सचेत हुनुपर्ने बताए। उनले चर्चाअनुसार करिब १५ सय प्रतिनिधिले १० वर्षे क्रियाशील सदस्यताको कागज लिएको उल्लेख गर्दै यसपटक विगतको जस्तो प्यानल निर्माण नहुने बताए।‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु, चर्चाअनुसार १५ सय साथीहरूले क्रियाशील लिएको १० वर्षे कागज लिनुभएको छ,’ उनले भने, ‘यसपालि ढुक्क हुनुहोला। पहिलाजस्तो दुईतिर नेताहरू बसेर टिम र प्यानल बनाउने अहिले हुँदैन। प्यानल बन्दैन,’ उनले भने।

१५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम