2026-10-06 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’

2026-10-06

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा विगतमा जस्तो नेताहरू दुईतिर बसेर टिम र प्यानल बनाउने अवस्था नरहेको बताएका छन्। महाधिवेशनको सन्दर्भमा आफूलाई आएका दुईवटा टेलिफोनको उदाहरण दिँदै शर्माले कांग्रेसभित्र अझै पनि पुरानै प्रवृत्ति देखिएको बताए।

‘दुईवटा टेलिफोन आयो। एउटा साथीले भन्नुभयो– दाइ, महाधिवेशन प्रतिनिधिमा हारेँ, भोट हाल्न आउन पाइनँ। अर्को (देउवा) तिर पनि महाधिवेशन छ, त्यता पाइन्छ कि? अर्को फोन आयो– दाइ, म महाधिवेशन प्रतिनिधि भएँ, अब केन्द्रीय सदस्यमा प्रयास गरौँ कि भन्दैछु,’ उपसभापति शर्माले खुलामञ्चमा भएको बन्दसत्रमा भने।

शर्माले कांग्रेसको महाधिवेशनमा देखिएको यस्तो प्रवृत्तिबारे सचेत हुनुपर्ने बताए। उनले चर्चाअनुसार करिब १५ सय प्रतिनिधिले १० वर्षे क्रियाशील सदस्यताको कागज लिएको उल्लेख गर्दै यसपटक विगतको जस्तो प्यानल निर्माण नहुने बताए।‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु, चर्चाअनुसार १५ सय साथीहरूले क्रियाशील लिएको १० वर्षे कागज लिनुभएको छ,’ उनले भने, ‘यसपालि ढुक्क हुनुहोला। पहिलाजस्तो दुईतिर नेताहरू बसेर टिम र प्यानल बनाउने अहिले हुँदैन। प्यानल बन्दैन,’ उनले भने।

१५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित