2026-10-30 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ

2026-10-06

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गरे। उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताए।

उनले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको बताए। अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब छ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे। सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको उनको टिप्पणी थियो।

अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम