2026-10-06 03:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै

2026-10-06

काठमाडौँ | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ आगामी असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने भएका छन्। गृहमन्त्रीको पदभार ग्रहण गरेपछि गुरुङको यो पहिलो आधिकारिक विदेश भ्रमण हो।

भारतीय राजधानी नयाँ दिल्लीमा आयोजना हुने उक्त सम्मेलनमा बिम्स्टेकका सात सदस्य राष्ट्रका गृहमन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा क्षेत्रीय सुरक्षा सुदृढीकरण, आतङ्कवाद नियन्त्रण, मानव बेचबिखन तथा सङ्गठित अपराधविरुद्धको सहकार्य र सीमा व्यवस्थापन जस्ता साझा चुनौतीहरूबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहका साथै अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सन् १९९७ मा स्थापित बिम्स्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु