काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। शर्माको तर्फबाट उनका वारिस पुष्पराज पौड्यालले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पद पहिलो पटक थप गरिएको हो। उक्त पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ। यसअघि महामन्त्री रहेका शर्माले यसपटक नयाँ सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका हुन्। कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधि मतदाता छन्।