2026-11-02 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना

2026-10-06

काठमाडौँ | नेपालको प्रमुख चाड बडादशैँ नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा मौसम बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समय भारी वर्षा हुनसक्ने सम्भावना छ । पोखरेलले सामाजिक सञ्जालमार्फत दिएको मौसम अपडेटअनुसार पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ । विशेषगरी लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा असिनासहित भारी वर्षा भएको जनाइएको छ ।

वायुमण्डल अस्थिर रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको गतिविधि जारी रहन सक्ने उनको भनाइ छ । कतिपय ठाउँमा मेघगर्जन, चट्याङ तथा असिनासहित केही समय भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ । आगामी बिहीवारदेखि शनिवारसम्म भने वर्षा हल्कादेखि मध्यम रहने सम्भावना रहेको पोखरेलले बताएका छन् । उनका अनुसार घटस्थापना (असोज २५ गते आइतवार) देखि मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको छ । दशैँको मुख्य तयारी प्रारम्भ हुने समय मै मौसममा देखिएको परिवर्तनले यात्रा तथा घर फर्कने तयारीमा रहेका सर्वसाधारणलाई प्रभावित पार्न सक्ने देखिएको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने अवस्था छ ।

पोखरेलले प्रारम्भिक मौसम पूर्वानुमान तथा ‘वाच’ ले सम्भावित जोखिमका लागि तयारी गर्न सहयोग गर्ने भए पनि मौसमको अवस्था परिवर्तन भइरहने भएकाले विश्वसनीय पूर्वानुमान तथा आधिकारिक चेतावनीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् । यसैबीच, पछिल्लो वर्षाको अवस्थाले पनि मौसम पूर्वानुमान र वास्तविक वर्षाबीच फरक पर्न सक्ने देखाएको छ । कतिपय स्थानमा पूर्वानुमान गरिएभन्दा बढी वर्षा भएको भन्दै स्थानीयस्तरमा मौसमको अवस्था निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिइएको छ । दशैँको मुखमा घर फर्किने तथा घुमफिरको तयारीमा रहेका यात्रुले सडक र मौसमको अवस्था बुझेर यात्रा गर्नु उपयुक्त हुनेछ । चट्याङ, भारी वर्षा वा असिनाको सम्भावना भएका बेला खुला स्थानमा नबस्न र आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द