2026-10-30 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल

2026-10-06

काठमाडौँ | पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताउका छन् । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिएका हुन् ।

मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिए । तर यसका लागि चिनियाँ पक्ष भने तयार नदेखिएको पनि उनले जानकारी दिए । उनले भने, “अहिले पनि हामी तयार नै छौँ । हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ । रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा हामी लागि रहेका छौँ ।”

ठूलो प्राकृतिक विपद् आइलागेकाले अहिले नै यी नाकाहरु सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार निर्माण र पुनःस्थापनाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए । मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसलाई पुनः सञ्चालन गर्ने बारेमा पनि सरकारले योजना बनाइरहेको बताए । उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काममा सरकार लागिपरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम