2026-10-29 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी

2026-10-07

काठमाडौँ | चाडपर्व नजिकिएसँगै सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध देशभरका मुख्य सडकहरू दसैँअघि नै मर्मत गरी सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा रणनीतिक सडकहरूको मर्मत कार्य द्रुत गतिमा अघि बढाइएको छ।

“भोटेकोशी बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मत भइरहेका छन्,” प्रवक्ता न्यौपानेले भने, “चार-पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात खुलाइनेछ भने मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ। यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन।”

यता, नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार बाढी-पहिरोका कारण केही प्रमुख राजमार्ग अझै पूर्ण तथा आंशिक रूपमा प्रभावित छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवा जिल्ला जोड्ने मुख्य राजमार्गहरू अझै अवरुद्ध अवस्थामा छन्। त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोपछि पूर्ण रूपमा बन्द छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर असोज १४ देखि अवरुद्ध भएकोमा हाल एकतर्फी खुलाइएको छ। यद्यपि, उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

यसैगरी, असोज १८ गतेको बाढीले प्रभावित मनाङको बेँसीसहर-खाङ्सार सडकखण्ड पनि हाल एकतर्फी मात्र सञ्चालनमा छ। प्रहरीका अनुसार चाडपर्वलाई लक्षित गर्दै अवरुद्ध सबै सडकहरू यथाशीघ्र दुईतर्फी नै सञ्चालनमा ल्याउन सडक विभाग र सुरक्षा निकायबीच आवश्यक समन्वयसहित काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम