2026-10-07 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी

2026-10-07

काठमाडौँ | चाडपर्व नजिकिएसँगै सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध देशभरका मुख्य सडकहरू दसैँअघि नै मर्मत गरी सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा रणनीतिक सडकहरूको मर्मत कार्य द्रुत गतिमा अघि बढाइएको छ।

“भोटेकोशी बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मत भइरहेका छन्,” प्रवक्ता न्यौपानेले भने, “चार-पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात खुलाइनेछ भने मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ। यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन।”

यता, नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार बाढी-पहिरोका कारण केही प्रमुख राजमार्ग अझै पूर्ण तथा आंशिक रूपमा प्रभावित छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवा जिल्ला जोड्ने मुख्य राजमार्गहरू अझै अवरुद्ध अवस्थामा छन्। त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोपछि पूर्ण रूपमा बन्द छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर असोज १४ देखि अवरुद्ध भएकोमा हाल एकतर्फी खुलाइएको छ। यद्यपि, उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

यसैगरी, असोज १८ गतेको बाढीले प्रभावित मनाङको बेँसीसहर-खाङ्सार सडकखण्ड पनि हाल एकतर्फी मात्र सञ्चालनमा छ। प्रहरीका अनुसार चाडपर्वलाई लक्षित गर्दै अवरुद्ध सबै सडकहरू यथाशीघ्र दुईतर्फी नै सञ्चालनमा ल्याउन सडक विभाग र सुरक्षा निकायबीच आवश्यक समन्वयसहित काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म