2026-11-02 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह

2026-10-07

काठमाडौँ | इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरिएको घटनामा नेपाल प्रहरीले पीडितहरूलाई जाहेरी दिन आग्रह गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूचना जारी गर्दै ठगीमा परेका व्यक्तिहरूलाई सम्बन्धित प्रमाणसहित यथाशीघ्र जाहेरी दिन अनुरोध गरेको हो ।

ब्युरोका अनुसार सन् २०२४ मा इजरायलको ‘केयरगिभर’ रोजगारीका लागि सञ्चालन गरिएको परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका युवालाई तत्काल इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको थियो । पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा तयार पारिएका फर्जी कागजात देखाएर रकम असुलिएको अनुसन्धानबाट खुलेको छ ।

पीडितहरूले दिएको जाहेरीका आधारमा योजनाबद्ध रूपमा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको ब्युरोले जनाएको छ । घटनामा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंलगायत व्यक्तिहरू संलग्न रहेको आरोप छ । घटनामा चौलागाईंसहित चार जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

ब्युरोले घटनामा विभिन्न माध्यमबाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई पनि आफूसँग भएका प्रमाणसहित केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिन आग्रह गरेको छ । थप पीडितहरू हुन सक्ने भएकाले उनीहरूको उजुरीसमेत संकलन गरी अनुसन्धानलाई अगाडि बढाइने ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द