2026-10-30 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग

2026-10-07

काठमाडौँ | नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्तलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै न्यायाधीश नियुक्तिका क्रममा वरिष्ठता, अनुभव, विषयगत ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता तथा पेशागत र नैतिक आचरणसँगै समानुपातिक समावेशी सिद्धान्तलाई आधार बनाउनुपर्ने उल्लेख छ।

तर, न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त पाँचमध्ये चार पदका लागि पोखरा उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरेको छ। सिफारिसमा वरिष्ठता र समावेशितालाई पर्याप्त आधार नबनाइएको भन्दै परिषद्का सदस्यहरूबाट समेत फरक मत आएको छ। नेपाल बारले आफूहरूलाई न्यायाधीश नियुक्तिको प्रक्रियामा बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको हो। बारका अनुसार न्यायपरिषद्, राष्ट्रिय सम्मेलन तथा केन्द्रीय र सल्लाहकार समितिका बैठकहरूले पटक–पटक न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आएका थिए।

बारले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्था कायम राख्न न्यायाधीश नियुक्ति प्रक्रिया पारदर्शी, समावेशी र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम