काठमाडौँ | नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चारवटा प्रतिवेदन पेस गरी पारित गर्ने कार्यसूची रहेको छ। प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया अघि बढ्नेछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।
यो महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी चयन हुनेछन्। यद्यपि, सहमहामन्त्रीमध्ये चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था भएकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।
बन्दसत्र सकिएपछि कांग्रेस महाधिवेशन नयाँ नेतृत्व चयनका लागि मतदानतर्फ अघि बढ्नेछ।