2026-10-07 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो

2026-10-07

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई अलमल नगरी सहमतिमा आउन आग्रह गरेका छन्। महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीमा बसेपछि सबैले अनुशासन पालना गर्नुपर्ने बताए। उनले भने, ‘म यहाँ नआउनु नेताहरूलाई म फेरि म विनम्रतापूर्वक दुई हात जोडेर आग्रह गर्छु, यो पार्टी तपाईँले हामी सबै मिलेर बनाएको पार्टी हो। श्रद्धेय निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेस पार्टीमा यति लामो समय सङ्घर्ष गर्नुभएको छ। यो पार्टी निर्माणमा यत्रो ठूलो योगदान छ। पार्टीका अरू नेताहरूको योगदान छ। त्यसैले हामीलाई मीठो लागेको छैन। आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो।’

उनले सबैलाई जोडेर जान आफूले चाहेको भन्दै अलमल नगर्नै आग्रह थरे। उनले थपे, ‘हिजो पनि सर्वोच्च अदालतले कांग्रेसको वैधानिकताका बारेमा संवैधानिक इजलासमा बहस गर्नुपर्छ भन्ने अर्को निवेदनलाई हिजो फेरि दरपीठ गरिदियो। पार्टीकै विधानको व्यवस्था अनुसारले विशेष महाधिवेशन गयौँ।’

उनले अब अदालतको विषय च्याप्टर क्लोज गर्न आग्रह गरे। उनले थपे, ‘अब तल कोही पनि अलमलिने होइन। अब पार्टीको रेल अगाडि बढ्यो। अब सरासर जाने, पार्टीको काम गर्ने हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए