2026-10-08 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’

2026-10-08

काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले झापा–१ का महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गरेका छन्। बिहीबार बिहान भएको छलफलमा शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई ढुक्क भएर आफ्नो विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे। उनले कांग्रेसमा अब कुनै गुट वा पक्ष नरहेको दाबी गरे।

‘कांग्रेस एक भइसकेको छ। यो या त्यो पक्ष भन्ने छैन। आफ्नो विवेक प्रयोग गरेर मत हाल्नुहोस्,’ शर्माले भने। उनले स्वस्थ प्रतिस्पर्धाका लागि सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने वातावरण बनाइएको बताए। ‘स्वस्थ प्रतिस्पर्धा हुने बाटो बनेको छ। सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र ढंगले निर्वाचन लड्न दिइएको छ। अहिले गुट भन्ने कहीँ देखिएको छैन,’ शर्माले भने।

शर्माले छलफलका क्रममा महाधिवेशनप्रति स्थानीय प्रतिनिधिहरूको धारणा समेत बुझेका थिए। उनले कुनै पक्षका नाममा चिर्कटो बाँड्न नपाइने र प्यानलसमेत बनाउन नपाइने जानकारी गराए। कांग्रेसको १५औँ महाधिवेशनबाट शर्मासहित वरिष्ठ उपसभापति पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह