2026-11-02 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन

2026-10-08

काठमाडौँ | नजिकिँदो चाडपर्वको समयमा हवाई भाडा अत्यधिक वृद्धि भएको गुनासो बढेपछि सरकारले आन्तरिक हवाई भाडादरबारे चासो देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो।

क्यानमा भएको छलफलमा चाडपर्वका समयमा स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न तथा गराउन वायुसेवा कम्पनीहरू सहमत भएका छन्। साथै, यात्रुले सहज रूपमा जानकारी पाउने गरी लागू हुने भाडादरसम्बन्धी स्पष्ट सूचना सबै बिक्री तथा वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने निर्णय भएको छ। यसअघि विसं २०७२ मङ्सिर २७ गते तत्कालीन मन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो।

निर्धारित मापदण्ड र स्वीकृत सीमाभित्र रहेर मात्र हवाई भाडा लिनुपर्ने व्यवस्था भए पनि पछिल्लो समय चाडपर्वको मौका छोपेर मनपरी भाडा असुलिएको गुनासो बढेको थियो। सोही गुनासोलाई सम्बोधन गर्दै नियामक निकायले भाडादर कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द