2026-10-09 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट

2026-10-08

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय सभाले ग्रेस लिष्ट र साधारण बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा त्रिभुवन स्मृति भवनको सभाकक्षमा बिहीबार बसेको सभाको छुट्टाछुट्टै बैठकले ग्रेस लिष्ट र बजेट पारित गर्नुका साथै गत साउन १ देखि असोज २१ सम्म भएको पुँजीगत खर्चको समर्थन र त्रिवि कार्यकारी परिषद्को सदस्यहरुको र त्रिवि पुनरावेदन आयोगमा भएका नियुक्तहरुको अनुमोदन गरेको छ । त्रिभुवन विश्वविद्यालय सभाको ६७औं बार्षिक दिवस बैठकले ६४औं ग्रेसलिस्टमा समावेश २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिइसकेका कुल ९५ हजार ५ सय ४० विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको छ ।

ग्रेसलिष्टमा व्यवस्थापन संकायका ४३ हजार १४२, शिक्षाशास्त्र संकायका १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायका १५ हजार ४४१, कानून संकायका ३ हजार १, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानका पाँच हजार १६०,चिकित्साशास्त्र अध्ययन संस्थानका एक हजार ९२०, कृषि र पशुविज्ञान अध्ययन संस्थानका ४६३ र वनविज्ञान अध्ययन संस्थानका १९२ विद्यार्थी रहेका छन् । जम्मा विद्यार्थीहरुमध्ये स्नातक तहमा ७२ हजार ४०४, स्नातकोत्तर तहमा २२ हजार ५३३, एमफिल तहमा २५३, पिजीडीएसतर्फ १८४ र विद्यावारिधि तर्फ १६६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने