2026-10-30 08:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट

2026-10-08

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय सभाले ग्रेस लिष्ट र साधारण बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा त्रिभुवन स्मृति भवनको सभाकक्षमा बिहीबार बसेको सभाको छुट्टाछुट्टै बैठकले ग्रेस लिष्ट र बजेट पारित गर्नुका साथै गत साउन १ देखि असोज २१ सम्म भएको पुँजीगत खर्चको समर्थन र त्रिवि कार्यकारी परिषद्को सदस्यहरुको र त्रिवि पुनरावेदन आयोगमा भएका नियुक्तहरुको अनुमोदन गरेको छ । त्रिभुवन विश्वविद्यालय सभाको ६७औं बार्षिक दिवस बैठकले ६४औं ग्रेसलिस्टमा समावेश २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिइसकेका कुल ९५ हजार ५ सय ४० विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको छ ।

ग्रेसलिष्टमा व्यवस्थापन संकायका ४३ हजार १४२, शिक्षाशास्त्र संकायका १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायका १५ हजार ४४१, कानून संकायका ३ हजार १, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानका पाँच हजार १६०,चिकित्साशास्त्र अध्ययन संस्थानका एक हजार ९२०, कृषि र पशुविज्ञान अध्ययन संस्थानका ४६३ र वनविज्ञान अध्ययन संस्थानका १९२ विद्यार्थी रहेका छन् । जम्मा विद्यार्थीहरुमध्ये स्नातक तहमा ७२ हजार ४०४, स्नातकोत्तर तहमा २२ हजार ५३३, एमफिल तहमा २५३, पिजीडीएसतर्फ १८४ र विद्यावारिधि तर्फ १६६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम