2026-10-30 08:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने

2026-10-08

काठमाडौँ | पूर्वराष्ट्रपति विद्या भण्डारीको एमालेमा पुनरागमनपछि बसेको पहिलो स्थायी कमिटी बैठकले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। भण्डारीले आजै पार्टी वरिष्ठ उपाध्यक्षको शपथ लिएकी थिइन् । बिहीबार बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरेपछि मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।

बैठकपछि बस्नेतले मंसिर पहिलो सातालाई राष्ट्रिय कार्यकर्ता भेलाका रूपमा अघि बढाउने निर्णय भएको बताए। उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा पालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समेत भेलामा सहभागी गराउने तयारी छ। एमालेले तल्लो तहमा पार्टीका गतिविधि तथा भेला सम्पन्न गरेपछि राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्न लागेको हो। बैठकले राष्ट्रिय भेलामार्फत पार्टीका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराउने निर्णय गरेको हो।

भण्डारीको एमालेमा पुनरागमनपछि बसेको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेसँगै आगामी मंसिरमा हुने उक्त भेलालाई पार्टीको संगठनात्मक गतिविधिको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। तत्कालीन एमाले उपाध्यक्ष २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेबाट अलग्गिएकी थिइन् । दोस्रो कार्यकाल राष्ट्रपति भएपछि गत वर्ष उनी एमालेको अध्यक्ष हुने गरी अगाडि बढेकी थिइन् । तर, गत वर्ष मंसिरमा भएको एमालेको ११ औँ महाधिवेशनमा उनको पार्टी सदस्यता नै स्थगित गरियो । अहिले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध यसअघि उनी निकट रहेका विष्णु पौडेल र शंकर पोख्रेलहरू एकजुट भएपछि ओलीले भण्डारीलाई सिधै वरिष्ठ उपाध्यक्ष बनाएर पार्टीमा फेरि सक्रिय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम