2026-10-30 08:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’

2026-10-09

काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि आज मतदान सुरू भएसँगै सभापति पदका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्। दुवै नेताले यसपटक कुनै प्यानल नबनाएको र उम्मेदवारहरूको सूचीमा आफ्नो आधिकारिक समर्थन नरहेको स्पष्ट पारेका छन्।

सभापति थापाले मतदानमा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम र प्रभावमा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्। थापाले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई स्वस्थ र मर्यादित बनाउन सबै प्रतिनिधिलाई संयमित तथा उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गरेका छन्। ‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले भनेका छन्, ‘मेरो नाम जोडेर आएको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहोला। कुनै पनि अफवाहमा नलाग्नुहोला।’

उनले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। यसैगरी, वरिष्ठ उपसभापति शर्माले पनि विशेष महाधिवेशनको पक्ष वा विपक्षका आधारमा उम्मेदवारलाई मत दिन नहुने बताएका छन्। मतदानको परिणाममा सबै पक्ष र विचारका साथीहरूको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ।विशेष महाधिवेशनका बेला विभिन्न कारणले कोही सहभागी भएको र कोही सहभागी हुन नसकेको उल्लेख गर्दै शर्माले अहिले पार्टीमा जोडिँदै गएका साथीहरूलाई पनि मतदानमार्फत समेट्दै जानुपर्ने बताएका छन्। ‘हामीले बनाएको वा पठाएको भनेर केही प्यानलका चिट बाँडिएको पाएका छौँ। ती सबै फेक हुन्,’ शर्माले भनेका छन्, ‘सभापतिज्यू र मेरा लागि सबै उम्मेदवार साथीहरू समान रूपमा आदरणीय हुनुहुन्छ।’

उनले सभापतिको नाम जोडेर विवादमा ल्याउने प्रयास नगर्नसमेत आग्रह गरेका छन्। शर्माले बिहीबार अपराह्न काठमाडौंको पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा झापा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। दुवै नेताले नयाँ केन्द्रीय नेतृत्व चयनका क्रममा कुनै निश्चित समूहको सूचीका आधारमा नभई उम्मेदवारको मूल्याङ्कन गरेर मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम