2026-10-29 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी

2026-10-09

काठमाडौँ | नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि शुक्रवार बिहानैबाट मतदान शुरु भएको छ । प्राविधिक तयारी र प्रतिकूल मौसमका कारण बिहीवार स्थगित गरिएको मतदान प्रक्रिया शुक्रवार बिहानबाट सुचारु भएको हो । करिव ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिहरू आफ्नो मताधिकार प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा लामवद्ध भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार मतदान आज अपराह्न ३ बजेसम्म जारी रहनेछ । मतदानलाई व्यवस्थित बनाउन सातवटा प्रदेश र विभिन्न समूहका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । गण्डकी प्रदेशका प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेर शुरु भएको मतदान प्रक्रियालाई पारदर्शी बनाउन निर्वाचन समितिले कडा सुरक्षा र आचारसंहिता लागू गरेको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार मतदाताको सहजता र सुरक्षालाई मध्यनजर गर्दै मतदानको समय सारिएको हो । मतपत्रको संख्या ठूलो भएकाले ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । यस्तै स्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र नामावली अनिवार्य रूपमा रुजु गरिनेछ । महाधिवेशन एक दिन लम्बिएपछि उत्पन्न हुनसक्ने खर्चको भारलाई मध्यनजर गर्दै आर्थिक व्यवस्थापन समितिले शुक्रवारको आवास र खाना खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरेको छ । यसले प्रतिनिधिहरूमा थप उत्साह थपेको छ । १५ औँ महाधिवेशनमार्फत काँग्रेसले विधान संशोधन गरी २९७ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चुन्न लागेको हो । मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा व्यवस्थापन गरी आजै मतगणना शुरु गर्ने समितिले तयारी गरेको छ । सभापतिलगायतका पदाधिकारीमा कडा प्रतिष्पर्धा रहेकाले यसपटकको महाधिवेशनको नतिजालाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम